हिपमत डटकम

बुधबार, चैत्र १५, २०७९ || 1969  पटक पढिएको

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।

करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाउनुभएको छ ।

मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उहाँले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गर्नुपर्ने बताउनुभयो । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उहाँले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गर्नुभयो ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)ले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!