हिपमत डटकम

बुधबार, चैत्र १५, २०७९ || 2582  पटक पढिएको

काठमाडौं । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितका माग शीघ्र सम्बोधन गरी पीडितलाई न्याय दिनसरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष समीक्षा बास्कोटाले मिटरब्याज पीडितको नैसर्गिक अधिकारको सम्मान गर्नुहुँदै पीडितका आन्दोलनमा पार्टीका तर्फबाट ऐक्यबद्धता जनाउनुभएको छ ।

अध्यक्ष बास्कोटाले मिटरब्याज पीडितले राजधानीमा गर्ने प्रदर्शनमा सहभागिता जनाउन र पीडितको खाना, पानी, बास जस्ता आधारभूत आवश्यकता अनुसारको मद्दत गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले देशका नागरिकले राज्यलाई आफ्ना माग सुनाउन काठमाडौंमै धाउनुपर्ने बाध्यात्मक अवस्थाले सङ्घीयताको कार्यान्वयन कति फितलो छ भन्ने देखाएको बताउनुभयो ।

‘‘यसले नागरिकका मागमा राज्यसत्ता कति उदासीन छ भन्ने प्रष्ट हुन्छ । तसर्थ नारामा मात्र सीमित, “गाउँ गाउँमा सिंहदरबार” लाई तुरुन्तै बलियो कानुन बनाएर स्थानीय तह तथा प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने अनि जबाफदेही बनाउने तर्फ पनि सरकारले सोच्न आवश्यक छ ।,’’ अध्यक्ष बास्तोटाले भन्नुभयो, ‘‘यद्यपि मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने र मिटरब्याज पीडितसँग वार्ता गर्ने सरकारको मङ्गलबारको निर्णय स्वागत योग्य छ ।”

मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरू मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!