मंगलबार, चैत्र ०४, २०७६ || 1345  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा आज भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले आज नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४ वटा संस्थामा गैर कानूनी अवस्था फेला परेको छ । ४ नम्वर वडाको शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरमा कागजको मास्क ३० रुपैयाँ गोटाले विक्री भइरहेको टोलीले फेला पारेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भएको छ । उहाँले १० रुपैयाँमा अन्यत्र विक्री भइरहेको मास्क ३० रुपैयाँमा बेचेर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कालोबजारी नगर्न नगर्न कडा चेतावनी दिइएको वताउनु भएको छ ।

टोलीको अनुगमन् आएको सुइको पाएपछि वडा नम्वर ९ तर्फ पर्ने शनिश्चरे हाटखोलाका २ वटा फार्मेसी आफैं वन्द गरेर सञ्चालक तत्काल सम्पर्क विहीन बनेका थिए ।

सञ्जुबाबु गुप्ताले सञ्जुबाबा मेडिकल हल नामक पसल वडा नम्वर १ र २ मा एकसाथ सञ्चालन भएको पाइएको छ । १ नम्वरको मन्दिर लाइनमा रहेको पसलमा मोहिनीराम चम्लागाईंको प्रमाणपत्र राखेर सम्वन्धित विषयमा अध्ययन नगरेकी गुप्ताकी श्रीमती पूजाकुमारीले औषधि विक्री गरिरहेको फेला परेको छ । सञ्जुबाबु भनें २ नम्वरस्थित नगर अस्पताल नजिकै सोही नामको पसल सञ्चालन गर्न वस्ने गरेका छन् ।

१ नम्वर वडाको पथरी चोक उत्तरको शुभसंगीता फार्मेसीमा भनें धेरै प्रकारका औषधि म्याद सकिएको अवस्थाको फेला परेका छन् । त्यस्ता औषधि तत्काल फिर्ता गर्न सचेत गराइएको छ ।

त्यसैगरी, वडा नम्वर २ स्थित बुद्धचोकको सिटिजन फार्मेसीको दर्ताको कागजात फेला नपरेको र औषधि विक्री गर्ने पनि सम्वन्धित आधिकारिक व्यक्ति नरहेको पाइएको छ । त्यहाँ मास्क समेत सकिएको बताइएको छ । टोलीले स्वास्थ्य क्षेत्रमा लापरवाही नगर्न र त्यस्तो लापरवाही दोहोर्याए कानूनी कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

अनुगमनका क्रममा, १ नम्वर वडाको दीर्घायू आयुर्वेदिक पसलमा केही मास्क रहेको र पथरी अस्पतालमा मास्क नभएको टोलीले वताएको छ । सञ्जुबाबामा पनि मास्क सकिएको पसलेले वताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराइएको फ्लेक्स प्रिन्ट सेवाग्राहीले देख्ने ठाउँमा राख्नका लागि नगरले प्रदान गरेको छ ।

उता, राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेले आज एक विज्ञप्ति जारी गरी नगरमा मास्क लुकाएर कालोबजारी गर्ने कार्य नरोकिए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!