मंगलबार, चैत्र ०४, २०७६ || 786  पटक पढिएको

मधुवन नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्र्तगत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ । छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ । नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरुलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!