मंगलबार, चैत्र ०४, २०७६ || 1275  पटक पढिएको

राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसैगरी बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकको सर्वसम्मतिले पुनःपारित गरेको हो । राष्ट्रियसभाको अर्काे बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!