ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारका लागि आर्थिक संकलन हुने क्रम जारी छ ।
यसैक्रममा विराट आदर्श साहित्य मञ्चले पौडेलको उपचारका लागि नगद ३० हजार रुपैयाँ प्रदान गरेको छ । पौडेलको उपचारार्थ मकालु टेलिभिजनले खोलेको खातामा जम्मा हुनेगरी मञ्चले सो ३० हजार रुपैयाँको चेक हस्तान्तण गरेको हो । मञ्चका अध्यक्ष कटवाल दीपक, सचिव लकेश दंगाललगायतले मकालु टेलिभिजनका प्रशासन प्रमुख वीरेन्द्र भगत, सहसम्पादक मीनकुमार नवोदित र हरिहर नेपाललाई चेक हस्तान्तरण गरेका थिए । मञ्चले पौडेलको सहयोगार्थ केही समयअघि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटकको च्यारिटी शो गरेको थियो । च्यारिटी शोबाट संकलित रकम पौडेलको उपचार सहयोगका लागि हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष कट्वालले जानकारी दिए । विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पौडेलको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ ।