वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश मेहताले पालिकामा भाडभैलो मच्चाएका छन । दुई जना वडा सदस्य बाहेक पुरै काँग्रेसले जितेको सो गाउँपालिकालाई अध्यक्ष मेहताले विकास गर्नुको सट्टा चरन क्षेत्रको रुपमा प्रयोग गर्न खोजें पछि आफ्नै पार्टीका जनप्रतिनिधिसंग सुरु भएको विवाद अहिले चर्चाको विषय बनेको छ ।
गाउँपालिका अध्यक्ष मेहताले कमिसन आउने योजना बजेट संसोधन मार्फत राख्न खोजेको र बिचौलियाको भूमिका निर्वाह गर्नलाई विभिन्न बहानामा केही व्यक्तिलाई नियुक्ति गर्न खोजे पछि विवाद बढेको जनप्रतिनिधि बताउछन । योजनाको कमिशन उठाउने सकार गरेका एक जना चर्चित दलाललाई सल्लाहकारको रुपमा नियुक्ति गरी परिचालन गर्न मेहता कसिएका हुन ।
वडा नं १ वडा अध्यक्ष विनोद मेहता सामाजिक सञ्जालमा समेत आफ्नो विरोध प्रस्तुत गरेका छन । वडा अध्यक्ष मेहता लेखछन , “पकहाँ मैनपूर गा.पा.प्रमुख सुरेश मेहता गलत मनशायले विरगन्जको गोप्य ठाउँमा लुकिछिपी विशेष गाउँ सभा गर्दै” । गाउँपालिका अध्यक्ष सुरेश मेहता र वडा अध्यक्ष विनोद मेहता धोरे निवासी हुन । दुवै जना कांग्रेस कै जनप्रतिनिधि हुन । पालिकामा पथ भ्रष्ट क्रियाकलापका कारण गाउँपालिका अध्यक्ष एकातिर छ्न भने पाँच वटै वडाका वडा अध्यक्ष पार्टीको नीति निर्देशन अनुसार जनताको सेवामा कुनै कसर बाँकी नराख्नु पर्ने अडानमा छ्न । यता उपाध्यक्ष सर्फुन नेशाका श्रीमान नर्शुलाहा मियाँ दुवै तिर छन । संजोग बस उपाध्यक्षका पद प्राप्त गरेका नर्शुलाहा मियाँले पैसा कमाउन अध्यक्षको झोला बोक्न भ्याई रहेका छन भने अर्को तिर विरोधको अभिनय गरेर कांग्रेसका नेताहरुलाई रिझाउन कसरत गरिरहेको छ्न । २०७४ सालमा माओवादीबाट चुनाव लडेका गाउँपालिका अध्यक्ष मेहता यो पाली नेपाली कांग्रेसको संगठन बलियो देखेर चुनावको मुखमा कांग्रेस प्रवेश गरी निर्वाचित हुन सफल भएका थिए ।
माओवादीका एक स्थानिय नेताको कारण पार्टीमा बस्ने अवस्थामा नरहेका सुरेश मेहतालाई कांग्रेसका जिल्ला स्थित नेतृत्वले शरण दिएको थियो तर उनी अहिले नेताहरुको निर्देशन र सुझाव मान्न तयार छैनन । कांग्रेसका जिल्ला तथा प्रदेशको नेतृत्व गाउँपालिका अध्यक्ष मेहताको पथ भ्रष्ट क्रियाकलापका कारण रुष्ट छ ।
बहुदलीय व्यवस्थामा सदभावना पार्टीको पञ्जा छापबाट सबैठवा गाविसका अध्यक्ष हुने सफल भएका नर्शुलाहा मियाँ त्यस पछि मुलुकमा भएको हरेक निर्वाचनमा उम्मेदवार हुनबाट बाँकी राखेका छैनन । गाउँपालिका अध्यक्ष , सांसद र विधायकमा पनि उम्मेदवारी दिन भ्याई सकेका नर्शुलहा मियाँ यस पटक कांग्रेसको शरणमा पुग्न बाध्य भए । पर्सा एसपी रेवती ढकाललाई तस्करीको लाइन बापत पैसा दिन एका बिहान जिल्ला प्रहरी पुगेका नर्शुलाहा मियाँलाई एसपी ढकालले थप्पड र मुक्का प्रहार गर्दै गिरफ्तार गरी मुदा चलाएका थिए । त्यस पछि संरक्षणको लागि उनी कांग्रेस प्रवेश गरेको जानकारहरु बताउछन ।