हिपमत डटकम

शुक्रबार, फाल्गुण २६, २०७९ || 2618  पटक पढिएको

सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो ।

भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!