सोमबार, चैत्र ०३, २०७६ || 931  पटक पढिएको

कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय गरेको हो । गत फागुन ३० गतेको उक्त बैठकले रोकथाम र नियन्त्रणका लागि जनचेतना र निगरानीमा सघाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिसमेत गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्वयंसेवक परिचालनका लागि सबै स्थानीय तह र शैक्षिक संस्थामा पत्राचार शुरु गरिएको छ । ती तहमा स्वयंसेवक टोली गठन गरी परिचालन गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!