विराटनगर । माेरङकाे रंगेली नगरपालिकामा रहेको नगर प्यापसनले ” स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद कार्यक्रम सम्पन्न गरेको छ।
रंगेलीकाे जन्ता क्यापसकाे खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टूर्नामेंट खेल सम्पन्न भएको हाे । क्रिकेट खेल तर्फमा भानु मेमोरियल बाेडिङ स्कुल बिजय भएको छ भने फुटवल तर्फ रन्जनी एकेडेमीले जित हाँसिल पार्ने सफल भएको छ । क्रिकेट खेलमा मिनिल्यान्ड बाेडिङ स्कुललाई ३७ रनले पछि पार्दे भानु मेमाेरियलले जित हासिल गरेको थियो ।
भानुका लागि लब मण्डल ९५ रन को योगदान दिदै उत्कृष्ट खेलाडी घोषित भएका हुन् l फुटबल खेलको फाइनलमा रन्जनी एकेडेमीले माउन्ट मकालु लाई १ गाेलले पछि पार्दे रंन्जनि एकेडमी बिजय भएको हाे । खेलमा विशाल मुर्मुको १ गोल नै निर्णायक बनेको थियो। नगर प्यापसन रंगेली द्वारा भएको टूर्नामेंटमा मिनिल्याणड बाेडिङ स्कुल ,भानु मेमाेरीयल बाेडिङ स्कुल, माउन्ट मकालु बाेडिङ स्कुल, स्टार बाेडिङ स्कुल,मुनलाईट बाेडिङ स्कुल, बाल ज्याेती बाेडिङ स्कुल गरि ८ बटा बिधालयहरुको खेलमा सहभागीता रहेका थिए ।
सम्पन्न खेलमा नगर प्रमुख दिलिप बगडिया , नगर प्यापसन का अध्यक्ष सूर्यप्रसाद गौतम, सल्लाहकार सदस्य, प्याबसन् प्रदेश-१का सुनिल पौडेल, भक्तराज सुम्बा , विष्णु डंगोल, विकर्ण कार्की लगायतले बिजेता तथा उप बिजेताहरुलाई सिल्ड, प्रमाणपत्र साथै मेडल बितरण गरेेका थिए ।