बिराटनगर। बिराटनगरको पुष्पलाल चोकस्थित महिला जागृती तथा वृद्ध आश्रमको परिसरमा उच्च रक्तचाप तथा मधुमेह रोगसम्बन्धी एक दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविर लायन्स क्लब अफ धरान घोपा युनाइटेडको प्रोजेक्ट “आरोग्य: मुभ फर हेल्थ” अन्तर्गत लियो लायन डा. शुभम कुमार अग्रवालको संयोजकत्वमा धरानका लायन्स क्लब अफ धरान घोपा युनाइटेड र सोसियल अपटिमाइजर्स युनाइटेड लियो क्लब र बिराटनगरका लायन्स क्लब अफ बिराटनगर गृन सिटि, लायन्स/लियो क्लब अफ बिराटनगर गोग्राहा, लायन्स क्लब अफ बिराटनगर इनभिजन र हेल्थ एमबेसडर्स युनाइटेड लियो क्लबको आयोजनामा सम्पन्न भएको हो ।
शिविरमा लियो लायन डा. शुभम कुमार अग्रवालको नेतृत्वमा सात सदस्यीय टोलीले ४० वर्ष उमेर समूह माथिका नागरिकहरुको सुगर (मधुमेह), ब्लड प्रेसर (रक्तचाप) तथा समान्य स्वास्थ्य जाँच चेक जाँच गरेका छन् । आश्रम तथा उक्त वडामा रहेका मधुमेह र उच्च रक्तचापका बिरामीहरु पहिचान गर्न तथा यस सम्बन्धि जागरुकता फैलाउनकालागि शिविर संचालन गरिएको डा. अग्रवालले बताए । एक दिनका लागि भए पनि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरि बिरामीहरुको सेवामा जुट्न पाउँदा निकै सन्तुष्टि महसुस भएको र शिविरमा ५३ जनाले प्रत्यक्ष लाभ लिएको डा. अग्रवालले बताउनु भयो ।
शिविरमा अत्याधुनिक उपकरणहरुको प्रयोगले बिरामीहरुको प्रेसर र सुगर जाच गरिएको लायन्स क्लब अफ बिराटनगर इनभिजनकी अध्यक्ष लायन सबिता ओझा सुबेदीले बताइन् । स्वास्थ्य शिविरको समापनमा बोल्दै प्रमुख अतिथि लायन्स डिस्टृक्ट ३२५ एवनका पुर्व डिस्टृक्ट गभर्नर लायन भिम घिमिरेले संचालन गरिएको स्वास्थ्य शिविरले वडावासीहरुको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
शिविरबाट नि:शुल्क चेकजाँच र परामर्श पाए पछि आश्रममा बस्ने तथा वडाबासीहरु सबै निकै हर्सित देखिन्थे । त्यहाँ लामो समयदेखि बस्दै आएकी एक जनाले भनिन्, ‘हामी जस्तोलाई पनि हेर्ने मनकारी हुँदा रहेछन् । चेकजाँच र आँगनमा डाक्टरको परामर्शले धेरै सहयोग मिलेको छ ।’
शिविरको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगकालागि निरन्तर घचघच्याउने लायन चन्द्रमणि गुरागाइ र लायन बिजेन्द्र कर्णलाई बिशेष धन्यवाद दिइएको थियो । लायन्स क्लब अफ धरान घोपाका चार्टेर प्रेसिडेन्ट लायन डा. शुभम कुमार अग्रवालले भने, “वर्किङ डेमा भ्याइन्न । क्लास र ड्युटी सके पछि बिदाका दिन यस्तै नि:शुल्क शिविरकालागि टोलि लिएर जहिल्यै निस्किन्छौ । खोजीखोजी फेला परेकाहरुलाई उपचार गर्छौ । नि:शुल्क चेकजाँच र औषधि पाएर साह्रै खुशी हुँदै आशिर्वाद दिएको हेरेर मन सन्तुष्ट हुन्छ ।” यसका साथै आउने दिनहरुमा बिराटनगर, धरान र इटहरीमा निरन्तरता दिदै पुर्वका अरु ठाउँहरुमा पनि अभियानलाई सुचारु गर्ने तयारी रहेको लायन बिभाङ चौधरीले बताए । कार्यक्रममा अबजर्भर शुभास यादव, लियो मनिसा राउत, लियो प्रकाश पोखरेल, लियो जिवन ढुङेल, लियो सुभास स्वर्न र लियो आसिस लगायत लायन्स तथा लियोहरुको उपस्तिथि थियो।
बिदाका दिन तडकभडक गर्नु भन्दा आश्रममा बस्ने व्यक्तिहरुलाई अन्यत्र उपचारकालागि जाने दु:ख कष्ट गर्नु नपसोस् तथा आवश्यकता भएकाहरुको हेरचाहमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालनमा ल्याइएको कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका चार्टर प्रेसिडेन्ट लियो लायन डा. शुभम कुमार अग्रवालले जानकारी दिएका छन् । प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले सन् २०२० मा स्थापना गरेको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले स्थापना कालदेखि नै समाजप्रति उत्तरदायि हुदै “आरोग्य: मुभ फर हेल्थ” अन्तर्गत दुर्गम ठाउँहरुमा र विपन्नकालागी नि:शुल्क स्वास्थ जाँच शिविरहरु, “अन्नपूर्ण: ह्यपी बेल्ली, ह्यापी फेसेस” अन्तर्गत टोल विकास संस्थासङ समन्वय गरि गरिब परिवारहरुलाई खाद्यान्न बाड्ने, “बगान: आवर सिटि, गृन सिटि” अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षारोपण, “बन्धन: द क्लोथ बैंक” अन्तर्गत विपन्नलाई जाडो र गर्मीका लुगाहरु वितरण, “दिर्घजिवी: लिव्स लाइफ, गिव्स लाइफ” अन्तर्गत “ब्लड अन कल” कार्यक्रम, “मानवता: ह्याप्पी कृयेचर, ह्याप्पी न्याचर” अन्तर्गत सडकका पशुहरुलाई खाना वितरण, “नवजिवन: होलिस्टिक रेज्युभिनेसन इन द हिलिङ स्पेस” अन्तर्गत विपन्नको सम्पुर्ण नि: शुल्क उपचार, “निकेतन: वेयर डृम्स कम होम” अन्तर्गत विपन्न र अपांगकालागी घर निर्माण, “निर्मल: आवर सिटि, क्लिन सिटि” अन्तर्गत सरसफाइ कार्यक्रम, “प्याड बैंक: फर पिरियड्स विथ नो वरिज” अन्तर्गत ग्रामिण र विपन्न महिलाहरुलाई नि:शुल्क स्यानिटेरी प्याड वितरण, “सन्जिवनी: सेयरिङ मेडिसिन्स, स्प्रेडिङ स्माइल्स” अन्तर्गत विपन्नकालागी नि:शुल्क मेडिसिन बैन्क, विद्यालयहरुमा “सुस्वाथ्य: इन्सपाइरिङ बेटर हेल्थ” अन्तर्गत स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, जुम मार्फत “डिकोडिङ लाइफलाइन्स विथ लियो लायन डा. अग्रवाल” अन्तर्गत ग्लोबल सर्भिस एरियाका कार्यक्रमहरु तथा अन्य विविध शिक्षा, स्वास्थय र समाजसेवासँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको लियो लायन डा. अग्रवालले बताए ।