हिपमत डटकम

शुक्रबार, फाल्गुण १२, २०७९ || 963  पटक पढिएको

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दैछ । मतदाता नामावलीमा समावेश भएका नाममा दावी विरोध, उजुरी र छानविनको काम सकिएकाले आज अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार भोलि शनिबार १३ गते उमेदवारी दर्ता हुँदैछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । त्यसकालागि दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिसक्ने तयारी आयोगले गरेको उनले बताए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ जना मतदाता रहेका छन् । कैलालीको निर्वाचन क्षेत्र –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । त्यसबारे निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!