रबिन्द्र बराल

सोमबार, फाल्गुण ०८, २०७९ || 10543  पटक पढिएको

रंगेली। अभियानमा कोही नछुटौं, कोही नदोहोरि औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने भएको छ ।

रंगेली नगरपालिका मा हाल सम्म ३५ जना लाई हात्ती पाईले राेग समेत लागेकाे हुनाले अब नगरवासिलाई हात्ती पाईले राेग नलागाेस भन्ने उदेश्य ले नगरलाई हात्तीपाईले रोग मुक्त बनाउन अभियान सुरु गरेको हाे । नगरकाे सभाहलमा भएको एक दिने गोष्ठीमा हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०८९ लाई सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गनरेका नगरवासिलाई विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

रंगेलीका मेयर दिलिप बगडियाले योजना सहित वडा स्तरमा गएर वडा अध्यक्ष ,सद्स्य, स्वास्थ्य शाखा राजनीतिक दल, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भए अभियानको सफलताका सम्पन्न हुने कुरा समेत बताए । गाेष्ठिमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , बडा अध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईं , वडा सदस्य देवमणी कटुवाल, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मंण्डल स्थानीय बुद्धिजीवी लगायत काे समेत सहभागीता रहेको थियोे ।

फागुन ११ देखि सञ्चालन हुने अभियानमा यसपटक नगरका ९ वटा वडामा रहेका स्वास्थ्य शाखा मार्फत स्वयंसेवक गाउँमा खटाएर कार्यक्रम प्रभावकारी बनाउन लागिएको स्वास्थ्य शाखा ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!