हिपमत डटकम

सोमबार, फाल्गुण ०८, २०७९ || 1951  पटक पढिएको

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक २३ अंकमाथिले घट्न पुगेको छ । यसदिन नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दुमा ओर्लिएको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घट्दै नेप्से सूचक २०७०.४१ अंकमा अडिएको थियो ।

हिजो आइतबार भने प्रजातन्त्र दिवसका कारण सार्वजनिक विदा हुँदा सेयर बजार बन्द रह्यो । उसो त सोमबार २३ अंकमाथिले नेप्से घट्दै गर्दा यता कारोबार रकम समेत १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ।

सबैभन्दा बढी हिमालयन डिस्टिलरीको आज २० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्ड र ट्रेडिङ बाहेक अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीहरुले आज अधिकतम १० प्रतिशतले कमाएका छन् भने जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.१५ प्रतिशतले गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!