सोमबार, चैत्र ०३, २०७६ || 1069  पटक पढिएको

संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । सो समाजको आइतबार सम्पन्न दोस्रो साधारण सभामा उहाँको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित समेत गरेको छ । समाजको उपाध्यक्षमा रुपा नेपाली, सचिव प्रकाश समीर, सहसचिव मायादेवी तिवारी, कोषाध्यक्ष लीलामाया गुरुङ तथा सदस्यमा देवी कमार र मिथिला कर्माचार्य निर्विरोध चयन हुनुभएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले असल संस्कारको विकास गर्नसके देशको विकास हुने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्ने बताउनुभयो । विसं २०७४ मा स्थापना भएको समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, ५०० थान डस्विन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!