हिपमत डटकम

बुधबार, फाल्गुण ०३, २०७९ || 996  पटक पढिएको

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो ।

यससँगै, परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।

बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ । परिसूचक १३ अंकले घट्दा आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ । यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ ।

बाँकी सबै समूह घटेका छन् । हिजो सोमबार नेप्सेमा १६ अंकको कारोबार भएर १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो आजको कारोबार रकमको तुलनामा ५ करोडले बढी हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!