हिपमत डटकम

शुक्रबार, माघ २७, २०७९ || 2059  पटक पढिएको

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५ फागुनमा मतदान गर्ने गरी निर्वाचन कार्यक्रम घोषणा गरिसकेको छ ।

आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाले जानकारी दिए । २०७४ सालमा सम्पन्न राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनसंख्या आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको तर अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारलाई आधार मानेर राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

‘२०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभएका कारण अहिले आयोगले पुरानै मतभारबाट निर्वाचन गर्ने अवस्था आएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘जनगणनाको नयाँ तथ्यांक सार्वजनिक भए नयाँ मतभारबाटै निर्वाचन गर्छौं तर त्यो सम्भावना कम छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!