हिपमत डटकम

बुधबार, माघ २५, २०७९ || 3789  पटक पढिएको

निरोज मल्ल
विराटनगर। विराटनगरमा हाल विराटनगर कोशी सीएनआइ एक्स्पो बृहत रूपमा संचालन भैरहेको छ । करौंडौँको लगानीमा सञ्चालन भइरहेको उक्त एक्स्पोमा आज एक फरक दृष्य देखियो । एक्स्पोको उत्तरपट्टि पार्किङ स्थलको नजिकै एक बालक सानो पसल थापेर पानि लगायतका सामाग्री बेच्न व्यस्था देखिन्थे । एक्स्पोको रिपोर्टींग गर्ने क्रममा हाम्रो ध्यान नौं वर्षिय बालक सत्यम मण्डलतिर गयो ।

कक्षा दुईमा अध्ययन गर्ने मण्डल उनी पानीलगायतका सामाग्री बेच्न व्यस्त देखिन्थे । सो दृष्य हामीले क्यामेरामा कैद गरिरहँदा उनको ध्यान उत्सुकतापूर्वक हामीतिर आकर्षित भयो । हामी उनको छेउमा जाँदा उनी हामीलाई एकोहारोरुपले हेरिरहेका थिए ।
हामीले सत्यम मण्डलको अवस्था बुझ्न् प्रयत्न गर्योँ । उनीसँग गफिँदै जाँदा नर्सिङ होम छेउमा बुवा र आमासँग भाडामा बस्दै आएको थाहा पायौँ । हामीले प्रश्न गर्यौँ “आज बिक्री भएको पैसा के गर्ने ?

उनले शिर निहुर्याएर टाउको झर्दै भने ‘घरमा खानेकुरा केही छैन । चामल पनि छैन । यहाँबाट आएको पैसा ममी लाई दिन्छु।’ चामल के ई छैन “। उसको यस्तो जवाफ सुनेपछि हामीलाई उनीबारे जान्न थप उत्सुकता जाग्यो ।

उनका अनुसार उनबा बाबु आमा जनमजदुरी गरेर जिविकोपार्जन गर्छन् । एक्स्पो अगाडी बोरा ओछ्याएर ग्राहक पर्खी रहेका मण्डल ग्राहकको पर्खाइमा थिए, ताकि केही सामान बेचेर बेलुका प्टभरी खाना खान सकुन् ।

कुराकानीका क्रममा उनी एउटै त्रास थिए । सडक अबरुद्ध भयो भनेर कसैले आफुलाई त्यहाँबाट हटाउने हो की भन्ने उनमा ठुलो चिन्ता थियो । ‘यहाँ बेचेको पैसाले बेलुका चामल किन्छौँ । आजको छाक टर्छ ।’

विराटनगरको सडकमा बसिरहेका सत्यम मण्डल एक पात्र मात्र हुन् विराटनगरमा यस्ता धेरै बालबालिका छन्, जसले खेल्ने र पढ्ने उमेरमा यसरीनै सडकमा बस्न बाध्य छन् । तर, यस्ता बालबालिकाको भविष्य प्रती भने सम्बन्धीत निकायको ध्यान किन पुग्न सकिरहेको छैन ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!