हिपमत डटकम

शुक्रबार, माघ २०, २०७९ || 18178  पटक पढिएको

बुधवार अमेरिका र क्यानडामा शङ्कास्पद जासुस बेलुन भेटियो भन्ने घटनामा अब चीनको बयान आएको छ । अमेरिकी अधिकारीहरूले यो बेलुन चीनको भएको दाबी गरेका छन् ।चीनको विदेश मन्त्रालयले यी रिपोर्टहरूमा शान्ति कायम राख्न अपिल गरेको छ । उनका अनुसार तथ्यविना सार्वजनिक भएका अड्कलबाजी र बढाई चढाई पेस गरिएको कुराले समाधान निस्कँदैन ।

दुई दिनअघि बुधवार नै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि विमानको उडान बन्द गर्नुपरेको थियो । अधिकारीहरूले यो मोन्टानामा देखा पर्नु अघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको बताएका छन् ।

तर, फोहोर फैलिने खतराका कारण सेनाले बेलुन नखसाल्ने निर्णय गरेको थियो ।

क्यानडाको बयान

यस्तै, क्यानडाले आफ्नो हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा हुन सक्ने यस्ता घटनामाथि निगरानी राख्नका लागि कदम उठाइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!