हिपमत डटकम

मंगलबार, माघ ०३, २०७९ || 10368  पटक पढिएको

भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेको सरकारी समाचार समितिले जनाएको छ ।

राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो ९भिसिपी०तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।

मंगलबार भएको केन्द्रीय समितिको बैठकमा उनले व्यक्तिगत कारणले पदत्याग गरेको घोषणा गरेका थिए । दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भुडक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो ।

उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो । (रासस/ सिन्ह्वा)

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!