इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानलाई संयुक्त अरब इमिरेट्सको ‘सबैभन्दा ठूलो शत्रु’ भनेपछि दक्षिण कोरियासँग स्पष्टीकरण माग्ने बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो युएई भ्रमणका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।

‘हामी इरान र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्धमा दक्षिण कोरियाको बयानको अनुसन्धान गरिरहेका छौं,’ इरानको विदेश मन्त्रालयको वेबसाइटमा जनवरी १६ मा पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले अबुधाबीमा तैनाथ आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै संयुक्त अरब इमिरेट्सका लागि इरान सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

उनका शब्द थिए, ‘संयुक्त अरब इमिरेट्सको दुश्मन र सबैभन्दा ठूलो खतरा इरान हो जबकी हाम्रो दुश्मन उत्तर कोरिया हो… हाम्रो स्थिति यूएईजस्तै छ ।’

इरानको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरियाली राष्ट्रपतिको भनाइले उनलाई इरान र युएईबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रमा यस दिशामा भइरहेको सकारात्मक प्रगतिबारे थोरै पनि जानकारी नभएको देखाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!