उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गरेका छन् ।

उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको जानकारी प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रसङ्घका महासचिब गुटर्रेसका प्रवक्ता स्टेफन दुजारिकले दिएका थिए ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको स्थायित्वका लागि संयुक्त राष्ट्रसङ्घीय सङ्गठन अभियानले कङ्गोका अधिकारीहरूसँग समन्वय गरेर घाइतेहरूलाई उद्धार गरिरहेको दुजारिकद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गुटेर्रेसले शोक सन्तप्त परिवार, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका जनता र सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महासचिवले आक्रमणका दोषीलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय ‘माइन एक्सन सर्भिस’ले घटनाको अनुसन्धानमा कङ्गोली अधिकारीहरूलाई सहयोग गरिरहेको उल्लेख गरे ।

गुटेर्रेसले डीआरसीमा आफ्ना विशेष प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसङ्घले कङ्गोको सरकार र जनतालाई देशको पूर्वी क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने प्रयासमा निरन्तर सहयोग गर्ने पुनः प्रतिवद्धता पनि जनाएको हो । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!