स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ । स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन् । उक्त देशले शनिबार आपतकालिन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भएपनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!