हिपमत डटकम

आइतबार, माघ ०१, २०७९ || 11799  पटक पढिएको

भारत । सन् २०२२ को अन्तिम महिनामा रुसबाट भारतको कच्चा तेल खरिद बढेको छ । ऊर्जा क्षेत्रको व्यापारिक जहाजको आवागमन ट्रयाक गर्ने एजेन्सी वारटेक्साका अनुसार रुस पछिल्लो तीन महिनादेखि भारतको सबैभन्दा ठुलो तेल निर्यातकर्ता बनेको हो ।

डिसेम्बर २०२२ मा पहिलोपटक भारतले रुसबाट खरिद गर्ने कच्चा तेलको खरिद १० लाख ब्यारल प्रति दिन पुगेको थियो । अघिल्लो आर्थिक वर्षमा भारतले खरिद गर्ने कच्चा तेलमा रुसको हिस्सामा मात्र ०.२ प्रतिशत थियो । अक्टोबर २०२२ मा भारतले रुसबाट ९ लाख ३५ हजार ५५६ ब्यारेल प्रति दिन तेल आपूर्ति गर्थ्यो भने नोभेम्बरमा यो सङ्ख्या ९ लाख ९ हजार ४०३ थियो । डिसेम्बरमा यो सङ्ख्या बढेर ११ लाख ९० हजार ब्यारल प्रतिदिन पुगेको थियो ।

गत अक्टोबरमा नै भारतलाई तेल निर्यात गर्ने देशमा इराक र साउदी अरबलाई पछि छाडेर रुस शीर्ष स्थानमा पुगेको थियो । अहिले भारतले आफ्नो तेल आपूर्तीको २५ प्रतिशत हिस्सा रुसबाट खरिद गरिरहेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार रुसमाथि युरोपियन युनियनले प्रतिबन्ध गरेपछि रुसले तेलको मूल्य प्रतिब्यारल ६० डलर तय गरेको थियो । भारतीय उद्योगीका अनुसार रुसले योभन्दा पनि सस्तोमा भारतलाई तेल उपलब्ध गराइरहेको छ । भारत विश्वको तेस्रो ठुलो तेल आयातकर्ता देश हो । भारतले आफूलाई आवश्यक तेलको ८५ प्रतिशत हिस्सा आयातबाट पुरा गर्दछ । – बीबीसी हिन्दी

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!