हिपमत डटकम

शनिबार, पौष ३०, २०७९ || 2124  पटक पढिएको

बेलायती–इरानी नागरिक अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ । अकबरीको परिवारलाई बुधबार ‘अन्तिम भेट’ का लागि कारागारमा जान भनिएको थियो । उनको पत्नीका अनुसार अकबरीलाई छुट्टै कोठामा राखिएको थियो । पूर्व इरानी सहायक रक्षामन्त्री समेत रहेका अकबरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो । उनीमाथि बेलायतका लागि जासुसी गरेको आरोप लगाइएको थियो । सो आरोपलाई अकबरीले निरन्तररुपमा अस्वीकार गर्दै आएका थिए ।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्दै उनलाई तत्काल रिहा गर्न माग गरेको थियो । तर, अकबरीलाई झुन्डाएर मृत्युदण्ड दिइएको त्यहाँको न्यायालयको आधिकारिक पत्रिका मिजानले जानकारी दिएको छ । यद्यपि, उनको मृत्युदण्डको मिति भने खुलाइएको छैन । इरानले यसै हप्ता मात्र अकबरीले आफ्नो आरोप स्वीकार गरेको भिडियो सार्वजनिक गरेको थियो । -बीबीसी

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!