हिपमत डटकम

बुधबार, पौष २७, २०७९ || 1434  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको  ।

पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिद्वारा आयोजित प्रतिनिधिसभाका सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष यादवले उक्त कुरा बताउनुभएको हो ।

“विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न सङ्घीय प्रणालीलाई सुदृढ गर्न सकिन्छ,” यादवले भन्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा कुनै खालको तमासा बाँकी नरहेको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने पार्टी सरकारको नेतृत्वमा छ योभन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ ?”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!