शनिबार, चैत्र ०१, २०७६ || 1030  पटक पढिएको

भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ । पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन् । ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी पाइएको छ । दुई जनाको मृत्यु हुँदासम्म भाइरसमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!