हिपमत डटकम

शनिबार, पौष २३, २०७९ || 8421  पटक पढिएको

विराटनगर।विराटनगरको पुष्पलाल चोकमा रहेको राठी स्वास्थ्य सेवा क्लिनिकले १ महिनाको अवधिमा ३ सय जनाभन्दा बढि बिरामीको स्वास्थ्य उपचार सहित निःशुल्क रुपमा औषधि वितरण गरेको छ । विराटनगरका उद्योगी तथा समाजसेवी घनश्याम राठी र उनका छोरा उद्योगी राजेन्द्र राठीले राठी स्वास्थ्य सेवा क्लिनिक संचालनमा ल्याएका छन् ।

जुन क्लिनिकमा उपचार लिन आउँने बिरामीलाई दक्ष चिकित्सक डा. पंकज गोस्वामीले बिना शल्यक्रिया नगरीकन होमियोपेथिक प्रविधिको माध्यमबाट उपचार गर्ने गरेको छ ।

राठी स्वास्थ्य सेवा क्लिनिकका संस्थापक मारवाडी सेवा समिति विराटनगरका महासचिव तथा उद्योगी एवं समाजसेवी घनश्याम राठी र उनका छोरा उद्योगी राजेन्द्र राठीले २०७९ मंसिर १२ गते विवाह पञ्चमीको दिन क्लिनिक संचालनमा ल्याएदेखि १ महिनाको अवधिमा ३ सयजना भन्दा बढी बिरामीले उपचार सेवा लिएको छ ।

आइतबार, सोमबार, बुधबार र बिहीबार बेलुका ३ देखि ५ बजेसम्म संचालनमा आउँने क्लिनिकमा प्रत्येक दिन १० देखि १५ जना बिरामीले उपचार सेवा लिने गरेको राठीले बताए ।

क्लिनिकमा खुट्टा दुःखनेदेखि ग्याष्टिकका बिरामीहरु उपचार सेवा लिन आउँने गरेको छ । यस अघि विराटनगर–७ स्थति घोघापुल चोकमा विराटनगरको माहेश्वरी समाजले महेश होमीयोप्याथिक दातव्य औषधालय संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!