हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 3148  पटक पढिएको

काठमाडौं । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५० वटा कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । सोमबार गुराँस फाइनान्स, रिलायन्स फाइनान्स, धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, विन्ध्यवासिनी हाइड्रो, अरुण भ्याली हाइड्रो, युनियन हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र समृद्धि फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ ।

समग्रमा बजार हरियाली भए पनि नेपाल टेलिकमको शेयर साढे पाँच प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!