हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 2364  पटक पढिएको

मोरङ। प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदहरूले आज पद तथा गाेपनीयताकाे शपथ लिने भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई साढे १२ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले बताए ।

प्रदेश प्रमुखसँग सपथ लिएपछि ज्येष्ठ प्रदेश सांसद गनगाईले अन्य ९२ सदस्यलाई प्रदेशसभा भवनमा साढे एक बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सांसद निर्वाचित भएका छन् ।
यस प्रदेशका ५ जना प्रदेश सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।

प्रदेश सांसदमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बुले मातृभाषा यक्थुङ/ लिम्बू भाषामा शपथ लिने भएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा यक्थुङ/ लिम्बू भाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव पराजुलीले बताए ।

प्रदेशसभा सचिवालयले पुस ५ गते सार्वजनिक सूचना जारी गरि मातृभाषामा शपथ लिने दिनभन्दा तीन दिन अगावै विवरण उपलब्ध गराउन माग गरेका थिए । उक्त सूचना अनुसार उनीहरूले मातृभाषामा शपथ लिन विवरण बुझाइसकेको पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!