हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 633  पटक पढिएको

कुर्द समुदायमाथि शुक्रबार भएको घातक हमलापछि मध्य पेरिसमा हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाए र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार प्रहार गरेका थिए । जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो ।

 

कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको थियो । आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका थिए । उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका थिए ।ती व्यक्तिले ‘धेरै प्रयोग गरिएको’ पिस्ताेलले आक्रमण गरेको बताइएको छ ।

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सयौं कुर्दहरू प्लेस डे ला रिपब्लिकमा शुक्रबार मारिएका तीन जनालाई श्रद्धाञ्जली दिन शान्तिपूर्ण रूपमा भेला भएपछि शनिबार हिंसा भड्किएको थियो ।

पूर्व रेलचालकसमेत रहेका संदिग्धमाथि प्रहरीले सोधपुछ गरेको छ । हत्या र हत्या प्रयासको आंशमा उनी पक्राउ परेका छन् । उनीमाथि जातिबादीको अर्को आरोप पनि लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!