हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 1139  पटक पढिएको

चीनलगायत धेरै देशमा कोरोना सङ्क्रमणको बढ्दो केसलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य सचिवले जिनोम सिक्वेन्सिङ बढाउन निर्देशन दिएका छन् ।

 

समाचार एजेन्सी एएनआईका अनुसार, केन्द्रीय स्वास्थ्य सचिवले राज्यहरूलाई भने, ‘जापान, अमेरिका, कोरिया, ब्राजिल र चीनमा अचानक बढेको केसलाई ध्यानमा राख्दै, पोजेटिभ केसहरूको जीनोम सिक्वेन्सिङ बढाउनु आवश्यक भएको छ किनभने यहाँ नयाँ भेरियन्टहरू हुन सक्छन् र यसले ट्र्याक गर्न सहज हुनेछ ।’

समाचार एजेन्सीका अनुसार स्वास्थ्य सचिवले लेखेका छन्, “सबै राज्यहरूलाई सम्भव भएसम्म सबै पोजेटिभ केसहरूको नमुनाहरू विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूमा अवस्थित जीनोम सिक्वेन्सिङ प्रयोगशालाहरूमा प्रत्येक दिन पठाइने सुनिश्चित गर्न अनुरोध गरिएको छ।’ आधिकारिक श्रोतका अनुसार बुधबार बिहान ११ बजे अन्तर्राष्ट्रिय अवस्थाको जानकारी लिनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!