हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 540  पटक पढिएको

एजेन्सी । चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ ।

हङकङ विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अनुसन्धानले देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६ सय ८४ जनाको मृत्यु हुन सक्ने देखाएको हो ।

ठूला सहरहरूदेखि विशाल ग्रामीण क्षेत्रहरुमा फैलिएको संक्रमणको नयाँ लहरले ठूलो संख्यामा मृत्यु हुन सक्ने अध्ययनको निस्कर्ष छ ।

कोरोना भाईरस संक्रमण शुरु भएको तीन बर्ष वित्न लाग्दा चीनमा संक्रमणदर उच्च छ । लकडाउन, सामूहिक परीक्षण र खोपले पनि चीनमा संक्रमण नियन्त्रणमा आएको छैन ।

जनस्तरमा विरोधपछि प्रतिबन्ध खुकुलो बनाएपनि यथेस्ट तयारी नभएको भन्दै विज्ञले भयाभह अवस्था आउने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मीले वृद्धवृद्धाको खोप दर सशक्त पार्न, अस्पताल, गहन हेरचाह क्षमता बढाउन र एन्टिभाइरल औषधिहरू भण्डार गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!