काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको चुनावमा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा एकल उम्मेदवार हुने भएका छन् ।
डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । कोइरालाले नै थापालाई प्रस्ताव गर्नेछन् ।
योसँगै संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।