बीरेन्द्रकुमार साह

आइतबार, पौष ०३, २०७९ || 2853  पटक पढिएको

बिराटनगर ।नेपाल प्रहरीका पुर्व डिआईजी श्याम प्रसाद नेपालले नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।

आज नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय बिराटनगरमा एक कार्यक्रमको बिच उनले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।

पुर्व डिआईजी श्याम प्रसाद नेपाललाई नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापती भक्तीनाथ माझिले साधारण सदस्यता प्रदान गरेका हुन् । पुर्व डिआईजी श्याम प्रसाद नेपालले नेपाली कांग्रेस प्रवेश गर्नु पार्टिकोलागी सुखद कुरा भएको माझिले बताए । उँहाको कार्यदक्षता ,सिप र ज्ञानलाई पार्टीले सहि तरिकाले सदुपयोग गर्ने छ।

पुर्व डिआईजी श्याम प्रसाद नेपालले सेवामा रहदा राम्रो छवि बनाएका हुन्। उनि इमानदार बहेकै कारण कहिल्य बिवादमा परेनन। नेपाली कांग्रेस पार्टिको बिचार ,सिद्धान्त मन परेको कारण आफुले नेपाली कांग्रेस रोजेको नेपालले हिपमत मिडियालाई बताए । देशको हित गर्ने र देश बिकाश गर्ने पार्टी नेपाली काङ्ग्रेस नै हो । अहिले देशको आवश्यकता नै नेपाली काङ्ग्रेस रहेको उनले जिकिर गरे ।

नेपाली काङ्ग्रेस मोरंगका पदाधिकारीहरु,नेपाली काङ्ग्रेस मोरंग क्षेत्र न -४ का सभापति बिनोद बस्नेत लगायतको उपस्थितिमा पुर्व डिआईजी श्याम प्रसाद नेपाललाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरेको कार्यबाहक सभापति भक्तिनाथ माझीले बताए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!