हिपमत डटकम

बिहिबार, मंसिर २९, २०७९ || 12064  पटक पढिएको

कोभिड १९ समक्रमणको छालबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ । सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो ।

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै रोगविरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरिरहेका बेला बेइजिङले खोप अभियान तीब्र पारेको हो ।

अनिवार्य परीक्षण तोड्दै र क्वारेन्टाइन नियमहरू सहज बनाउँदै गत बुधबार चीनले शून्य कोभिड नीति अन्त्य गरेको थियो । कठोर कोभिड नीतिले लाखौँलाई मानसिक रूपमा चिन्तित बनाउनुका साथै अर्थव्यवस्थालाई क्षति पुर्याएको थियो ।

सरकारले ९० प्रतिशत जनसंख्याले खोप लगाएको जनाएको छ । उसले बुधबार ६० वर्ष माथिका र जोखिममा रहेका व्यक्तिलाई कोभिड १९ को दोस्रो बुस्टर डोज दिने घोषणा गरेको छ । पछिल्ला दिनमा चीनमा खोप अभियान तीब्र पारिएको छ । सरकारले मंगलबार एकैदिन १४ लाख ३० हजार जनलाई खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!