पोखरा महानगरपालिका–१३ मा सिचाँईको नहर एक्कासी खोलिदिदाँ बगेर महिलाको मृत्यु भएको छ ।
पोखरा–१३ दुई कुलाको मुहान स्थित टास्क हाइड्रोपावरले प्रयोग गर्दै आइरहेको सिँचाईको नहर एक्कासी खोलिदिदा पानी निकाल्दै गरेकी कञ्चनटोलकी ४५ वर्षिया मिना कुमारी केसीको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले टास्क हाइड्रोपावर नजिकै केसीको शव फेला परेको जानकारी दिए । आइतबार करिब साढे पाँच बजेको समयमा विजयपुर खोलाको बगरमा शव भेटिएको हो । उनको शव घोप्टि परेको अवस्थामा फेला परेको । वडा प्रहरी कार्यालय रामबजाबाट प्रहरी निरीक्षक किरण राउनको कमाण्डमा खटिएको टोलीले शव निकालि पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्तपाल) लगिएको हो ।
आइतबार अपराह्न बारीमा पानी हाल्नका लागि डोरीको सहायताले पानी निकाल्दै गर्दा एक्कासी नहर आएपछि बगाउँदा उनको मृत्यु भएको स्थानीयले बताए । उनी प्याजमा पानी हाल्न गएकी थिइन् । नहर सुकेको र भाडोमा डोरी बाधिँ पानी उघार्दै बारीमा हाल्दा एक्कासी नहर खोलिदिएपछि उनलाई पनि बगाएको उनका देवर शिवा केसीले जानकारी दिए ।
यस्तै सिँचाईका एक कर्मचारीले हाइड्रो पावरलाई बारम्बार दुर्घटनाका बारेमा जानकारी गराएपछि वेवास्ता गर्दै आएको बताए । ‘मान्छे मरेको यो पहिलो घटना हो तर त्यहाँ पशुचौपाय कति मरेमरे । यो बारेमा हामीले पटक पटक सचेत गरायौं जोखिम बारे पनि भन्यौ जहिले हुन्छ भन्छ तर काम गरिदिन्न’ उनले भने ।
सिचाईँ विभाग जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीकी सूचना अधिकारी इन्जिनियर गीताञ्जली आचार्यले घटनाबारे आफुहरु अनविज्ञ रहेको बताइन् । उनले सिंचाईका लागि रहेको नहर बन्द र खुल्ने समयको सिमा नहुने बताइन् । उक्त दिन सिचाईले गेट बन्द नै राखेको तर हाइड्रोपावरको कारण दुर्घटना भएको बताइन् ।
पोखरा महानगरपालिका १३ का वडाअध्यक्ष किरण बरालले हाइड्रो पावरको लापरवाहिका कारण घटना घटेको बताए । उनले पटक पटक हाइड्रो पावरसँग कुराकानी गरे पनि उनिहरुले समस्या समाधान कहिल्यै नगरेको सुनाए । उक्त स्थानमा यस अघि मानविय क्षति नभएपनि पशुचौपायाहरुको मृत्यु भएराखेको बताए । ‘हामीले त्यो जोखिमपूर्ण छ भन्दै हाइड्रो पावरसँग पटक पटक कुराकानी गरेका छौं । हामी निर्वाचित भएर आइसकेपछि पनि स्थानीयको समस्या तथा गुनासाहरु लिएर २–३ पटक हामी छलफलमा गएका छौं । तर त्यसलाई उहाँहरुले व्यवास्ता गर्दै आउनुभएको छ’ उनले भने,‘ यो सरासर मनलाग्दी हो ।
खास कसरी भयो त घटना स्थानिय के भन्छन अबको भिडियोमा हेर्नुहोस