हिपमत डटकम

शुक्रबार, मंसिर २३, २०७९ || 4982  पटक पढिएको

प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।

सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकै बेला माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन् । साह समूहबाटै विजय सांसद किरण साहका साथै सोही समूहसँग नजिक रहेका अर्का स्वतन्त्र सांसद अमरेश सिंहसमेत एकैठाउँ उभिएपछि प्रचण्ड उनीहरूसँग अब गठन हुने सरकारलाई समर्थन गर्न’ आग्रह गरिरहेका छन् ।

ललितपुर खुमलटारस्थित निवासमा बिहीबार प्रचण्ड, साहका साथै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच छलफल भएको छ ।

प्रचण्डले यसअघि जनमत पार्टी अध्यक्ष डा सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं निवर्तमान सांसद रेशम चौधरीसँग भेटिसकेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रचण्डका साथै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईले पनि जेलमै पुगेर सरकार गठनमा सहयोग गर्न आग्रह गरिसकेका छन् । चौधरीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताले समेत भेटघाट गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपाल, नेसपा अध्यक्ष डा भट्टराईबीच निरन्तर छलफल जारी छ । प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल अघि बढाएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!