हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 1016  पटक पढिएको

काठमाडौ । दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा सरकारले आज भारतलाई कूटनीतिक नोट पठाउने भएको छ ।

दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक नोट पठाउन लागेको हो । तटबन्ध निर्माणका विषयमा गृह मन्त्रालयको प्रतिवेदनमा आधारित भएर मन्त्रालयले भारतलाई पत्राचार गर्न लागेको हो । तटबन्ध निर्माणको विरोधमा आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान समेत भएको थियो ।

दार्चुला प्रशासनको समन्वयमा दुई देशविच भएको वार्तामा विवादित क्षेत्रमा तत्काल तटबन्ध नबनाउने सहमति भने जुटिसकेको बताइएको छ ।

भारतीय पक्षले तटबन्धभन्दा ७ देखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाउनुका साथै गाडी गुड्ने संरचना बनाएपछि विवाद भएको हो । भारतीय पक्षले महाकाली नदी क्षेत्रमा तटबन्ध बनाउन थालेयता नेपालीसँग पटक–पटक विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!