बिहिबार, फाल्गुण २९, २०७६ || 940  पटक पढिएको

पाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले भ्रष्टाचारविरूद्ध सुशासन अभियान घोषणा गरेका छन् । आज काठमाडौंमा कार्यक्रम गरेर खरेल नेतृत्वको समूहले देशमा भ्रष्टाचार अन्त्यका लागि देशव्यापी नागरिक खबरदारी गर्न अभियान घोषणा गरेका हुन् ।

अभियान अन्तर्गत देशैभर नागरिक अधिकार र नागरिकका स्वतन्त्रता तथा समानताका हकको प्रत्याभुतिका लागि जागरण अभियान सञ्चालन गरिने संयोजक खरेलले बताए । नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्न र भ्रष्टाचारको जालो तोड्न लडाई सुरु भएको उनले बताए ।

उक्त अभियानको नाम ‘हाम्रो नेपाल सुशासन अभियान’ दिइएको छ भने नारा सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं भन्ने छ । अभियानको संयोजक खरेल छन भने देवेन्द्रप्रसाद सिटौला, नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठलगायत पनि अभियानमा जोडिएका छन् ।

अभियानको अवधारणा पत्रमा उल्लेख भए अनुसार नागरिकहरुले तिरेको करमाथि भ्रष्टाचार र दुरुपयोग बिरुद्द जिल्ला–जिल्लामा सचेतना अभियान चलाइनेछ । खरेलले २०७४ सालमा डिआइजीबाट राजीनामा दिएका थिए । आइजीपी सर्वेन्द्र खनाल भएपछि असंतुष्टि जनाउँदै उनले त्यसबेला राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!