हिपमत डटकम

बिहिबार, मंसिर ०८, २०७९ || 1084  पटक पढिएको

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उहाँले १२ हजार ३५९ मत ल्याइ विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत ल्याउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका पल्टु रानाले दुई हजार ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछानेले एक हजार ९३१, नेकपा (एकीकृत समाजवादी)का जगेश्वर बुढा क्षेत्रीले २३४ मत ल्याउनुभएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले १७०, नेपाल मजदुर किसान पार्टीका भागरथीदेवी रावलले ७६, स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारीले दुई हजार ४९९ मत ल्याउनुभएको छ । प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा ४९ हजार ६५२ मतदाता रहेकामा जम्मा मत ३१ हजार ८९७ खसेको थियो भने एक हजार ५६२ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!