बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो ।उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउने प्रयास भईरहेको लामाले बताए । रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् । त्यसअघि उनी धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । मृतक राईका श्रीमती र एक छोरी छन् ।