तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र सुक्रबारेमा अन्तरास्ट्रिय महिला श्रमिक तथा नारी दिवसको अबसरमा विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ । न्यायीक समिति संयोजक तथा छथर गाउँपालिकाका उपाध्यक्ष तारा खरेल ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
न्यायीक समिति छथर गाउँपालिका र महिला तथा बालबालिका शाखा छथर गाउँपालिकाको सहयोग तथा वडा स्तरीय महिला अधिकार मञ्च छथर गाउँपालिका २ हमरजुङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा म्युजिकल चेयर,सामुहिक नृत्य प्रतियोगिता,नारी विशेष समय सान्दर्भिक गायक प्रतियोगिता लगायतका कार्यक्रम भएको मञ्चका होम कुमारी खातिले बताउनु भयो । त्यस्तै प्रत्येक वडाका उत्कृष्ट महिला कृषकलाइ समेत खुत्रुके बितरण गरिने भएको छ । कार्यक्रम गाउँपालिकाको सबै वडाहरुबाट प्ले कार्ड सहितको र्यालीले सुक्रबारे बजारमा बजार परिक्रमा गरेको थियो ।