बीरेन्द्रकुमार साह

शनिबार, कार्तिक २६, २०७९ || 3544  पटक पढिएको

बिराटनगर । माेरङकाे सुनवर्सी २ अमरदह स्थित उनको घरमा हामी पुग्दा ५१ वर्षीया देवीकुमारी हास्दा घरायसी काममा ब्यस्त थिइन ।३ कट्ठा ऐलानी माटाेमा उनको सानाे संसार समेटिएको छ । टिनले छाएको सानाे घर ,घर छेउमै दुईवटा गाेठ । एउटा गाेठमा दुईवटा बाख्रा ,एउटा दुहुने गाई । अर्को गाेठमा कान्छाे छाेराे रक्सी बनाउँदै ।

अति विपन्न सीमान्तकृत समुदायकी देवीकुमारीकाे परिचय बदलिएको धेरै वर्ष भएको छैन ।पहिले दिनेशकि आमा भनेर बाेलाउँथे,छिमेकीले ।अहिले उनै देबीकुमारीलाई गाउँघरका सबै डाक्टरकि आमा भन्छिन् ।

देबीकुमारीका जेठा छाेरा दिनेस अहिले नाेवेल अस्पतालमा डाक्टर छन् । नेपाल मै सन्थाल समुदायबाट पहिलो डाक्टर बनेका दिनेश नाेवेल अस्पतालमै पढेर डाक्टर बनेका हुन् । दुई छाक खान धाै धाै थियोे ,देबीकुमारीकाे परिवारलाई । छाेराे डाक्टर बन्ला र आफू डाक्टरकि आमा भइएला भन्ने कल्पना पनि गरेकी थिइनन् ,उनले । तर,डाक्टर सुनील शर्माले नाेवेल मेडिकल कलेज टिचिङ अस्पतालमा छाेरालाई निशुल्क पढाउने प्रबन्ध मिलाइदिए पछि दिनेश डाक्टर भएर निस्किएका छन् ।गाउँ कै दुई जना युवाहरू कमल थापा र धर्मले दिनेशलाई डाक्टर शर्मासँग जाेडिदिए ।

दिनेश डाक्टर पढ्न गएपनि देबीकुमारी र जेठा हस्दालाई कहिल्यै अमनचयन भएन । कतिबेला तेराे छाेराका फिस यति रुपैयाँ लाग्यो ,भन्दै नाेवेलका कर्मचारी आउँछन् भन्ने चिन्ताले सताइरह्याे । देबीकुमारीले भनिन – तर,एकै रुपैयाँ नतिरी दिनेश डाक्टर भएर निस्कियाे ।डाक्टरकि आमा भएपछि देबीकुमारीका दुखका दिन सकिएका छन् । आँखा भरि आँसु बनाउँदै उनले भनिन् – उसको बाबू माेटरसाइकले दुर्घटना गराएर बित्नुभयाे ,दिनेश डाक्टर भएको हेर्न नपाइ उहाँ बित्नुभयाे ।दिनेश मात्रै हाेइन,उनका माइला भाइ पनि नाेवेलमै लन्ड्री इन्चार्ज छन् । ३ छाेरा र १ छाेरीकि आमा देबीकुमारीले थपिन् – डाक्टर सुनील शर्मा हाम्रो परिवारकाे लागि भगवान् नै हाे ।उहाँले जति बेला दिनेशलाई लानु भयो ,त्यतिबेला डाक्टर सुनील काे हाे,हामीले चिनेका थिइनाैं ।अहिले चिनेपछि थाहा भयो ,अरु थुप्रै गरिव दुखिका छाेराछाेरीलाई निशुल्क डाक्टर पढाउनु भएको रहेछ ।

डाक्टर शर्मालाई आफ्नो निर्वाचन क्षेत्रमा मात्रै स्वास्थ्य शिविर चलाएको ,विपन्न समुदायका विद्यार्थीलाई निशुल्क पढाएको ,उपचारमा छुट दिएको आराेप छ ।तर,दिनेश नै डाक्टरले निर्वाचन लड्ने माेरङ ३ का मतदाता हाेइनन।

यता डाक्टर सुनील शर्माले भने- देशभरका १ हजार बढीलाई विभिन्न विषय निशुल्क पढाइरहेकाे छु । निशुल्क उपचार १ लाख ५० हजार जनाकाे गरिसकेको छु । मैले उपचार गर्दा कहिल्यै निर्वाचन क्षेत्र साेधेकाे छैन्,न त कुन चिन्हमा मतदान गर्नुहुन्छ ,भनेर साेधेकाे छु ।शर्माले राज्यको ढिकुटी दाेहन गर्नेहरूले आराेप लगाउँछन् ,हामी सेवा दिइरहन्छाैं,याे सेवालाई निर्वाचनसँग नजाेड्ने उनलेे आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!