क्यान्सर रोगबाट पीडित सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ (मल्हनियाँ खोरी)निवासी सिकिन्द्र पासमानको उपचारका लागि रकम प्रदान गरिएको छ ।
“सेवा नै धर्म हो ” नाराको साथ सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा लामो समयदेखि जिब्रो क्यान्सरबाट पीडित मिर्चैया नगरपालिका वडा नं.२ (मल्हनियाँ खोरी)का सिकिन्द्र पासमानलाई रु १ लाख १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।क्यान्सर पिडित पासमानको एउटा काखे छोरा र एउटा छोरी छन् । सम्पतिको नाम्मा दुई कठ्ठा खेतीयोगय जग्गा र केही धुर घडेरी रहेको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेको छ । हाल थप उपचारको लागि पैसा नभएर घरमै पिडामा छटपटाई रहेको अवस्थामा सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारले आर्थीक सहयोग गरिएको छ । सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पाण्डप ठाकुरले बताए ।
मल्हनिया पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय अध्यक्ष राज कुमार कापरले भने मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए । “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ, उनले भने ।
उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रममा सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ सल्लाहकार प्रमोद कुमार महतो र सदस्य प्रदिप कुमार महतो,पुर्व कोषाअध्यक्ष जोगिन्द्र साह र पुर्व अध्यक्ष शिव कापरीले पिडितको घरमै गएर स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितको आमा र बुवालाई रकम हस्तान्तरण गरिएको छ ।