बिराटनगर । प्रदेश एकका स्वास्थ्य मन्त्री जयराम यादव दलित समुदायको घरमा खाना खादै गरेको तस्बिर अहिले सामाजिक संजालमा चर्चामा छ । आफ्नो चुनावी अभियानमा रहेका यादव घरदैलो कार्यक्रमको दौरानमा डंड्राहाका प्रमिला ऋषिदेवको घरमा खाना खाएका हुन्न । यस बिषयमा हामिले मन्त्री यादवसंग बुझ्दा उनले भने मलाई सबै समुदायको ब्यक्तिहरुबाट सहयोग प्राप्त भईरहेको छ ।
मेरोलागी सबै जातजती उस्तै हुन् सबैकोलागी बराबरी सम्मान छ मेरो हृदयमा ।हामिले बर्षौदेखि अधिकारको लडाई लड्यौ केही मात्रामा सफलता पनि प्राप्त गर्यो तर समानताको लडाई अझै बाकि छ ।दलित समुदायको अधिकार र सम्मानजनक ब्यवहारकोलागी ,प्रतिष्ठाकोलागी र दलित समुदायको समग्र बिकाशकोलागी म काम गर्ने छु यादवले बताए ।
यता प्रमिलाको घरमा मन्त्री यादवले भोजन गरेपछी उनी निकै खुशी भएको बताईन यो चुनावको बेला मात्र होईन जयराम यादव ज्यु अन्य समयमा पनि हामिलाई उत्तिकै सम्मान गर्नु हुन्छ , आदर गर्नु हुन्छ त्यही भएर नै पहिले पनि हामिले उहाँलाई सहयोग गर्यौ र जितायौ यस पटक पनि हामि सबैको सहयोग उहाँलाई नै जान्छ ।उहाँमा अलिकती पनि घमण्ड छैन ,पद पाएपछि ठूलो हुने स्वभाव उहाँमा छैन उहाँको यहि सादगी हामिलाई मन पर्छ ।हामिलाई र हाम्रो क्षेत्रलाई चाहिने नेता जयराम यादव जस्तै हुनु पर्छ प्रमिलाले बताईन।
जयराम यादव हामी सबैकोलागी उदाहरणिय ब्यक्ती हुनुहुन्छ उहाँ जस्तो नेता हामिलाई चाहिएको छ ।हाम्रो दुख पीडा बुझ्ने नेता हामिलाई समस्या पर्दा घरमा नै आएर हाम्रो समस्या बुझ्ने र सकेसम्म समस्याको सामाधान गर्ने नेता हुन् जयराम यादव स्थानिय अन्जु ऋषिदेवले बताए ।
२०७४ सालको प्रदेश सभा सदस्यमा सानदार जित निकालेका यादवले यस पटक पनि सानदार जित निकाल्नेमा जसपाका नेता तथा कार्यकर्ताहरु ढुक्क छन् । मतदाताबाट राम्रो प्रतिक्रिया पाईरहेको उनीहरुको भनाई छ।
हुन् त यादवको सादगी र उनको ब्यहवारले नै उनको ब्यक्तित्व बढाएको छ ।अस्ति मात्र उनको प्रतिस्पर्धिको रुपमा रहेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अमृत अर्याल बिरामी परेको खबर सुन्ना साथ उनी आफ्नो घरदैलो कार्यक्रमलाई छोडेर अर्याललाई भेट्न उनी अस्पताल पुगे र स्वास्थ्य लाभको कामना समेत गरे ,उनले आफ्नो प्रतिस्पर्धिसंग यसरी गरेको व्यवहार देखेर नयाँ पुस्ताका युवाहरु समेत खुशि भएका छन् ।