रंजित चौरसिया

सोमबार, कार्तिक २१, २०७९ || 8689  पटक पढिएको

पर्सा। हालसम्म चापाकल बाड्न नसकेका नेताहरु जनता लोभ्याउन निर्वाचनको समयमा चापाकल(धारा) बाड्ने क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेको कार्यकर्ताले चापाकल(धारा) बाडिरहेको बिषयमा सुचना पाउनासाथ खटिएको प्रहरी टोलीले एमालेको कार्यकर्ताको घरबाट चापाकल(धारा) बरामद गरेको हो ।

प्रहरी चौकी अमरपटी र सशस्त्र प्रहरी बल इटीयाहीबाट खटिएको प्रहरी टोलीले बिन्दवासनी गाउपालिका वडा नम्बर ४ अमरपटी निवासी एमालेका कार्यकर्ता धिरज चौरसियाको घरबाट चापाकल(धारा) बरामद गरेको छ । धिरज चौरसिया नेकपा एमालेबाट वडा अध्यक्ष प्रत्यासी समेत हुन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले धिरज चौरसियाको घरबाट १६ थान मुडा, १६ थान हयान्डील, डिआई पाइप २ सय पिस (२० बण्डल) बरामद गरिएको बताए ।

यता निर्वाचनको समयमा चापाकल बाड्ने नेता भ्रष्टाचारी बाहेक केही हुन नसकेको स्थानीयहरुले बताउन थालेका छन । निर्वाचनको समयमा चापाकल(धारा) बाड्ने र निर्वाचित भए पश्चात जनताको रगत चुस्ने आरोप लगाउदै आफुहरु लोभमा नपरेको स्थानीयहरु बताए । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता लोभ्याउने नेतालाई स्विकार गर्न नसक्ने भन्दै स्थानीयहरुले आक्रोष पोखेका छन ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बिन्दवासनी गाउपालिका वडा नम्बर ४ अमरपटी निवासी धिरज चौरसियाको घरबाट चापाकल(धारा) बरामद गरिएपनि उक्त धारा कसको हो भन्ने खुलाएन्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!