हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 13413  पटक पढिएको

पथरीशनिश्चरे। सामान्यतया निर्वाचनमा आफूले कसलाई मत हाल्ने हो त्यो सार्वजनिक गर्न मिल्दैन । तर,मङ्सिर ४ नजिकै गर्दा मतदाता पनि खुलेर आफूले मत हाल्ने नेताको पक्षमा अभिब्यक्ति दिन थालेका छन् । त्यसैको उदाहरण बनेका छन् , पथरीशनिश्चरे ८ सोमबारेका ८५ वर्षीय दलबहादुर कटुवाल ।

कट्वाल ८५ वर्षको पाको उमेरमा पहिलो पटक रुखलाई मत दिने निर्णयमा पुगेका छन् । उनले भने – अब पनि सुनील शर्मा र गठबन्धनको टीम चुनाबमा हा¥यो भने हाम्रा भावी सन्तति दुख पाउँछन् । जसले जनताको दुखसुखमा साथ दिएको उसैलाई मत दिन उनले सार्वजनिक रुपमा आग्रह गरे । उनले आफू मात्र होइन, गाउँघर छिमेकीलाई पनि रुखमा मत हाल्न आब्हान गर्ने बताए ।

मुखमा दाँत छैनन्। कपाल फुलिसक्यो तर पनि राजनीतिमा उत्तिकै चासो राख्ने कटुवालले भने बहुदल आएयता लगातार अरु नै चिन्हमा मतदान गरें । चुनाव पनि जिते । तर, नागरिकको दिनचर्या कहिल्यै बदलिएन । उही एजेण्डामा भोट मागेर जिते ,काम केही गरेनन । हारेर पनि सुनील शर्माले दनि दुखीको निशुल्क उपचार गरे ।

जसका गोजीम एक रुपैयाँ पैसा थिएन , उनीहरू पनि उपचार पाएर आफ्नो काममा फर्केका छन् । उनले थपे–शर्मा त हाम्रा लागि ईश्वर समान हुन् । अर्को एक फरक प्रसंगमा कट्वालले भने – रेखा थापा उत्कृष्ट कलाकार हुन् । उनले राजनीतिबाट भन्दा कला क्षेत्रबाट सफलता पाउन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!