विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभामा उमेदवारी वहुजन शक्ति पार्टीका उमेदवारले कांग्रेसका डा. शेखर कोइरालालाई समर्थन गरेका छन् ।
वहुजन पार्टीको तर्फबाट उमेदवारी दिएका नारायण पासवानले प्रतिनिधि सभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्कृय बनाएको जनाएका छन् ।
पासवानले आज प्रेस विज्ञप्ति प्रकासित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।
अब आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने बताए ।