हिपमत डटकम

बुधबार, कार्तिक १६, २०७९ || 1643  पटक पढिएको
फ़ाईल तस्बिर

काठमाडौं। कोरोना बीमाका बिमितलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ । सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा समितिबाट कुल ८१ करोड थपगरी एक अर्ब ८१ करोड रुपियाँ बिमितलाई वितरण गरिने बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।

अहिले बिमितलाई भुक्तानी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको र यसको जवाफ आउने बित्तिकै वितरणको प्रक्रिया थालिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले निकासा गरेको एक अर्ब रुपियाँसहित बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले थप गरेको ८१ करोड रुपियाँसहित बिमितलाई एक अर्ब ८१ करोड रुपियाँ वितरण गर्न लागिएको छ । अहिले वितरणको फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ । जवाफ आउने बित्तिकै वितरणको प्रक्रिया थाल्छौँ ।’

सरकारले निकासा गरेको एक अर्ब रुपियाँसहित बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले थप गरेको ८१ करोड रुपिँयासहित बिमितलाई एक अर्ब ८१ करोड रुपियाँ वितरण गर्न लागिएको छ ।
केही रकम भुक्तानीपछि बाँकी रकम भुक्तानीका लागि बीमा समितिले दुई वटा विकल्प अर्थ मन्त्रालयमा पठाएको थियो । त्यसमध्ये दोस्रो विकल्पमा भुक्तानी दिन बाँकी रकममध्ये सरकारले ५५ प्रतिशत र ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बिमा कम्पनी र बीमा समितिले व्यहोर्ने उल्लेख छ ।

त्यही विकल्पअनुसार सरकारले दिएको एक अर्बलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकम बीमा समिति, पुनर्विमा कम्पनी र बीमा कम्पनीले थपगरी भुक्तानी दिन लागिएको हो । जसअनुसार १२ प्रतिशत रकम पुनर्बिमा कम्पनी, २५ प्रतिशत बीमा कम्पनी र ८ प्रतिशत बीमा समितिले व्यहोर्ने पौडेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा वितरण हुने भुक्तानी सबै बिमितलाई दिन नपुग्ने भएकाले पहिलो चरणमा सरकारी कर्मचारी, र सङ्घ संस्थाले बीमा गरिदिएका विमितलाई भुक्तानी नदिने विषयमा समेत निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले बताउनुभयो ।

पहिलो चरणमा वितरण हुने भुक्तानी सबै बिमितलाई दिन नपुग्ने भएकाले पहिलो चरणमा सरकारी कर्मचारी, र संघ संस्थाले बीमा गरिदिएका बिमितलाई भुक्तानी नदिने विषयमा समेत निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले बताउनुभयो ।
पौडेलले भन्नुभयो, ‘पहिलो चरणमा वितरण गरिने बीमा दाबी भुक्तानी सबै विमितलाई भुक्तानी गर्न सकिँदैन । त्यसैले सरकारी कर्मचारी, विभिन्न सङ्घ संस्थाले बीमाको प्रिमियम रकम बुझाएका विमितलाई पहिलो चरणमा भुक्तानी नदिने निर्णय भएको छ । सरकाले बिस्तारै रकम उपलब्ध गराउँदै जाँदा तिर्दै जान्छौँ ।’

सर्वसाधारणमध्ये सबैभन्दा पहिले कोरोना बीमा बापतको भुक्तानी दाबी गर्ने बिमितलाई नै पहिले भुक्तानी गरिने पौडेलको भनाइ छ । कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । बीमा गरेकामध्ये एक लाख ६२ हजार ३४६ जनाले कोरोना बीमा भुक्तानी दाबी गरेका छन् । दाबीमध्ये ५० हजार ४४७ जनाले भुक्तानी पाइसकेका छन् । सरकारले भुक्तानी गर्नुपर्ने रकम साढे १० अर्बको हाराहारीमा रहेको छ ।

यो खबर गोरखापत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!